तिमीलाई सम्झेर जूनेली रात बित्यो !
अनि छाती चर्केर जूनेली रात बित्यो !!
गयो जाने देखाई सपना थरी थरी !
बिना अर्थ कल्पेर जूनेली रात बित्यो !!
भुलूं भन्छु सक्दीन सम्झना उर्लिदिन्छ !
उही घाउ बल्झेर जूनेली रात बित्यो !!
अझै आशा बाँकीछ आउने होकी भन्ने !
उनै लाई पर्खेर जूनेली रात बित्यो !!