क्रान्तिमा भूमिगत थियो योद्धा
खुला थिए उसका परिबन्दहरू
खुला प्रकट भयो जब क्रान्तिमा
भूमिगत हुन थाले क्रमशस् योद्धाका सम्बन्धहरू
कवि झस्कियो
तर निर्माण भयो मिस्टर योद्धा १
मिस्टर योद्धा सोचमग्न छ
तर भूमिगत छ उसको मस्तिष्क
खाली खप्परमा कोचिएको छ पेन्डोराबक्स
जसबाट निस्कन्छ कहिले नयाँ बहुराष्ट्रिय कम्पनी चिन्तक रामदेव जोगी
कहिले प्रकट हुन्छ स्टालिनसँग हैरान माओको दुब्लो तस्बिर
अनि निस्कन्छ अकस्मात् ‘ब्ल्याक लेबल’को ओभरडोज वान्ताजस्तो
रामदेव र माओबीच मितेरी साइनो लाइदिने ‘अफर’ १
कवि छक्क पर्छ
तर हुर्किंदै गयो मिस्टर योद्धा १
मिस्टर योद्धा गाउँसहरमा कुदिरहेछ
तर भूमिगत छन् उसका खुट्टाहरू
खुट्टाको सट्टा जडिएको छ बूढो भित्ते घडीमा हल्लिरहेको लङ्गुर
ऊ भाले बासेको प्रभाततिर हिंडें भन्छ
तर पुग्दछ कुकुर रोइरहेको एकलासमा
कहिलेकाहीं छाप्राहरूको जङ्गलतिर यात्राको फर्माइस गर्छ
लङ्गुरहरू पुर्याइदिन्छन् उसलाई सेयर बजारमा
त्यस्तो आपतकालीन बेला
ऊ न रिसाउँछ न दुस्खी हुन्छ
निमेषमै प्रकट हुन्छ उसको मुहारमा विचित्र उदासी
जुन कार्ल माक्र्सको जन्मपछि कसैको ओठमा देखिएको थिएन
कवि चकित छ
तर अघि बढिरह्यो मिस्टर योद्धा १
मिस्टर योद्धा
गाडी चढ्छ तर ‘ब्ल्यु बुक’ भूमिगत छ
घरमा बस्छ तर लालपूर्जा भूमिगत छ
तेल भर्छ गाडीमा तर तेलको कुवा भूमिगत छ
जाडो या गर्मी सजिलै झेलिरहेछ
तर उसको शरीरको वस्त्र भूमिगत छ
वस्त्रको सट्टा उसको शरीरमा छन्
वातानुकुलित खुला कम्पनीका भूमिगत सेयरहरू
यस्तो भूमिगत प्रणालीबीच
व्यापारीको सामूहिक बलात्कारबाट जन्मेको महँगी
उसको दैलोमा पुग्दछ जब
महँगी स्वयम् भूमिगत हुन्छ १
कवि मूर्छा पर्छ
तर यात्रामा वेगवान छ मिस्टर योद्धा १
मिस्टर योद्धा बैठक गर्छ तर एजेन्डा भूमिगत हुन्छ
उसले निर्णय लिन्छ तर निर्णय नै भइदिन्छ भूमिगत
रहर छ भने एक घण्टा भेटेर समस्या भन्नोस्
टाउको यसरी हल्लाएर सुन्छ मानौं घण्ट बजिरहेछ
तर छुट्टिने बेला सोध्नेछ उसले– ‘तपाईंको समस्या के हो रु’
तपाईंलाई देखेर अचम्मित ऊ हाँस्न खोज्नेछ
तर थाहा पाएर आफ्नो मुस्कान भूमिगत
हतारमै टाँस्नेछ ओठमा उसले
पेसेवर एयरहोस्टेजको प्रायोजित मुस्कान १
जुन मुस्कान सुताऊ पर्दा साटासाट गर्न मिल्दैन
जुन मुस्कान घाटबाट फर्किंदा हाँस्न मिल्दैन
मूर्छनाबाट ब्युँझेर चिच्याउँछ कवि
गुहार १ गुहार १
कविहरू हो १ कविता भन
खेलमा भुलेका नानीहरूलाई बोलाऊ
निदाइरहेका बच्चाहरूलाई ब्युँझाऊ
कविहरू हो १ जोड जोडले कविता भन ११
०००
९कान्तिपुर कोसेलीमा २०७१ साउन २४ गते प्रकाशित०