काठमाडौं, १ मंसीर । खासगरी मिथिला प्रदेशमा मनाइने पर्वमध्ये पवित्र र मुख्य पर्व छठ तराईका तलाउ र नदी किनारामा जम्मा भएर धुमधामसँग मनाइदै छ । चारदिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिन हो । जुन सबैभन्दा महत्वपूर्ण दिन पनि हो । आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी षष्टी (छठी) मातालाई अर्घ दिइन्छ भने भोली चौथो दिन बिहान उदाउँदो सूर्यलार्य अर्घ दिएर पूजा कार्य समापन गरिन्छ । पहिलो दिन व्रतालु महिला पुरुषले नदी र जलासयहरूमा नुहाएर ‘अरवा अरवाइन’ खाएर यो पर्व सुरु गर्छन् भने दोस्रो दिन दिनभर उपवास बसी साँझ परिवारसँगै बसेर खीर, पुरी लगायत सुद्ध साकाहारी भोजन गरिन्छ । जसलाई मैथिलीमा ‘षडना’ भनिन्छ । चौथो दिन आज साँझ ‘सझुका अघ्र्य’ नामक मुख्य कार्य हुन्छ । आज दिनभर र राती पनि निराहार बसेका ब्रतालुले भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि ठेकुवा र भुसवा लगायत फलफूल र मिठाइ प्रसादको रूपमा खाने गरिन्छ । यसरी सूर्यको उपासना गरी मनाइने यो पर्वको रमझममा मुख्यत मध्य तराई लगायत तराईका अन्य भाग र काठमाडौं रमेको छ ।