नेपाली साहित्य (Nepali Literature): नेपाली कथा, नेपाली उपन्यास, नेपाली कविता

समाचार

कला / सहित्य

यस वर्षको मदन पुरस्कार योगेश राज र जगदम्बाश्री वैरागी काइँलालाई

यस वर्षको मदन पुरस्कार योगेश राज र जगदम्बाश्री वैरागी काइँलालाई
काठमाडौं, २ भदौ । यस वर्षको मदन पुरस्कार योगेश राजको उपन्यास ‘रणहार’लाई प्रदान गरिने भएको छ। ‘रणहार’ मा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको जीवन भोगाइको चित्रण गरिएको छ । गुठीले यसअघि पुरस्कारका लागि सात कृति छनोट गरेको थियो। जसमा सानु शर्माको ‘ए... Read more

साहित्यकार अप्सरा तिम्सिना रहनुभएन

साहित्यकार अप्सरा तिम्सिना रहनुभएन
काठमाडौं साउन १३ । साहित्यकार गएराती निधन भएको छ । हेटौडामा रहेर साहित्यकर्ममा क्रियाशील अप्सरा तिम्सिना सामान्य ज्वरोले नै दिवंगत हुनुभएको हो । हेटौडा अस्पत्तालबाट थप उपचारका लागि चितवन लगिएपनि उहाँलाई ठिक भएन । ४६ वर्षीय अप्सराका ‘अभ्यन्तर’ कथा सङ्... Read more

कविकुञ्जकाे मूल्य ५ कराेड

कविकुञ्जकाे मूल्य ५ कराेड
काठमाडाै‌ं । झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए । उनी घरको... Read more

प्रवास

पिटर ह्यान्डकेलाई नोवेल पुरस्कार

पिटर ह्यान्डकेलाई नोवेल पुरस्कार
काठमाडौं, २५ असोज । यसवर्षको साहित्यतर्फको नोवेल पुरस्कार अस्ट्रियाका नाटककार पिटर ह्यान्डकेले पाएका छन् । अघिल्लो वर्ष रद्द भएको सहित्यतर्फको नोबेल पुरस्कार भने पोल्यान्डकी उपन्यासकार ओल्गा टोकारजुकलाई प्रदान गरिएको छ । टोकारजुक सन् २०१८ को ‘म्यान ब... Read more

छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन- २०१९ सम्पन्न ।

छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन- २०१९ सम्पन्न ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ३-५ अगष्ट २०१९ लण्डनमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन... Read more

कवितासँगै नयनराज सिड्नीमा

कवितासँगै नयनराज सिड्नीमा
काठमाडौं, १९ असार । लेखक नयनराज पाण्डेको कविता वाचन सहितको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । साताको साहित्य डट कम र नेपाली पत्रले आयोजना गरेको उक्त कार्यक्रम सिड्नीकाे थर्ड आइमा भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार ऋषि आचार्यले गरेका थिए भने स... Read more

संस्कृति / मनोरञ्जन

नेपालीको दोस्रो ठूलो चाड तिहार सम्पन्न

नेपालीको दोस्रो ठूलो चाड तिहार सम्पन्न
काठमाडौं, १२ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दिपावली) कात्तिक नौ गतेदेखि सुरु भई आज सकिएको छ । तिहारका नामले पनि देशैभरि प्रचलित यो पर्व कात्तिक कृष्ण तृतीयाका दिनदेख सुरु भई कार्तिक शुक्ल द्वितीयका दिन दाजुभाइलाई टिका लगाइदिएर समापन हुन... Read more

आज दशैँ मनाइँदै

आज दशैँ मनाइँदै
काठमाडौं, २१ असोज । नेपालीहरूको महान् चाडका रूपमा लिइने वडा दशैैँको मुख्य दिन आज घरघरमा टिका र जमरा लगाएर मनाइँदै छ । हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला... Read more

आज ईन्द्रजात्रा मनाइँदै

आज ईन्द्रजात्रा मनाइँदै
काठमाडौं, २७ भदौ । वर्षा र सहकालका देवता ईन्द्रको पूजा गरी आज ईन्द्रजात्रा धुमधामसँग मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष आश्विन कृष्ण चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका साथै धुलीखेल, दोलखा लगायत नेवार समुुदाय भएका स्थानमा मनाइन्छ ।... Read more

कृति सार्वजनिक

विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक

विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक
काठमाडौं, ७ असोज । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास... Read more

राजनको ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक

राजनको ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक
  काठमाडौं, १८ साउन । कवि तथा आख्यानकार राजन मुकारुङको कवितसङ्ग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक गरिएको छ। उक्त कृति शुक्रबार भएको कार्यक्रममा अभिनेता दयाहाङ राई, पत्रकार यज्ञश र कैलाश राईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। कार्यक्रमको सु... Read more

‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ सार्वजनिक

‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ सार्वजनिक
काठमाडौं, १७ साउन । समालोचक सुकुम शर्माको समालोचनात्मक कृति ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ सार्वजनिक भएको छ। शुक्रबार घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, समालो... Read more

गजल संसार

आदर्श खत्री

आदर्श खत्री
पानी बनि बगीदियौ बादलमै छाडी मलाई आँसुसँगै झरिदियौ गाजलमै छाडी मलाई संगीतको धुन थियौ, मेरो आफ्नै गीत थियौ तालसँगै हराईदियौ, मादलमै छाडी मलाई युगौँयुग्को मायाँ थियो, नमेटिने छायाँ थियो अचानक साथ छोड्यौ, पागलमै छाडी मलाई जीन्दगीको मीठो निद्रा, निदाउनुथ... Read more

इलामेली टीकाराम दुलाल

इलामेली टीकाराम दुलाल
  बन्धनमा परेर हो कि, म त हराउँदैछु आशाहरू मरेर हो कि, म त हराउदैछु   आफु आफैमा खोज्नु पर्ने भयो अचेल प्रयत्नहरू नगरेर हो कि, म त हराउँदैछु   पौडिन म जान्दिन सागर किन खोजौँ र ! नयनमा पानी भरेर हो कि, म त हराउँदैछु   कुनै दिन थिए,... Read more

प्रकाश सापकोटा

प्रकाश सापकोटा
  यस्तो लाग्दो रहेछ एक न एक चोटी त सलाई पनि बल्दैन नि हजुर नघोटी त !   कैयौँ नसोचेका यात्रा पनि भइदिन्छन् आफै पागल बनी हिँड़्छ र को अठोटी त !   रक्सी नपिउने मान्छे केको आधुनिक बाजेले पनि खाएथे चिया र पाउरोटी त !   आरोप मलाई मात्र... Read more

लघुकथा

चाकडी – रवीन्द्र तिमसेना

चाकडी – रवीन्द्र तिमसेना
त्यहाँ चाकडीबाजहरूको राज थियो । जीएम पद खाली भएको थाहा पाएर आत्माराम पनि लोकल खसीको मासु र भैँसीको घिउ लिएर बोर्डका अध्यक्षलाई भेट्न गयो । आत्माराम आउनुको कारण बुझेपछि अनुभवी अध्यक्षले ठाडै भने, ‘त्यो मासु र घिउ लिएर तिमी आफ्नो घर जाऊ र स्वास्नी छोरा... Read more

अपथ्य – रवीन्द्र समीर

अपथ्य – रवीन्द्र समीर
२०७२ राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो– ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’ बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएका खानेकुरालाई भोको आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरूको बासनाल... Read more

कथा डबली

म नारी – स्मृती रानाभाट 

म नारी – स्मृती रानाभाट 
  “हजुरआमा म कसरी जन्मिएकी ?” “तँलाई जन्माएको होइन, भेट्टाएर ल्याएको हो । ” मैले सधैं प्रश्न सोध्दा हजुरआमाले दिने जवाफ यही हुन्थ्यो । किन किन त्यो कुराले मनमा असाध्यै बिझाउँथ्यो ।  म एक्लै हुँदा रुने गर्थे । चारवटी दिदीक... Read more

पाल्तु कुकुर- अर्जुन थापा

पाल्तु कुकुर- अर्जुन थापा
‘नेपालबाट एउटी राम्री केटी आएकी छ यार हाम्रै कलेजमा’ भनेर क्लासरूमतिर लाग्यो गोपाल । एक त विदेश त्यसमा पनि म पढ्ने कलेजमा नेपालीहरू कम थिए । सायद त्यसैले पनि होला नेपाली केटी स्टुडेन्टको रूपमा देखा पर्नु ठुलो कुरा हुन गयो हाम्रो लागि । हामीहरू विभिन्... Read more

अब गाउँ ब्युँझियो – रोहित दहाल

अब गाउँ ब्युँझियो – रोहित दहाल
एकदिनको कुरा हो, भूमिपति बूढा मुर्मुरिँदै पुरेत कहाँ आए । पुरेत बाजे साँझ बत्ती बाल्ने तयारी गर्दै थिए । “पुरेत बाजे !”आवाज सुनेर पुरेत बाजे हतार हतार बाहिर निस्किए । “खै ! तिम्री छोरी ?” भूमिपतिले ठाडो गरी सोधे । “भैंसीलाई दाना खुवाउँदै छे क्यार ! क... Read more

कृति समीक्षा

उपन्यासमा सगरमाथा आरोहणको कथा- डा. चन्द्रमान श्रेष्ठ

उपन्यासमा सगरमाथा आरोहणको कथा- डा. चन्द्रमान श्रेष्ठ
सरल सहयात्री जनयुद्धमा सैन्य कमान्डरको भूमिका निर्वाह गरेका योद्धा हुन् । शान्ति प्रक्रियापछि उनले फरक कीर्तिमान कायम गर्न साथीहरुसँग सगरमाथाको सफल आरोहण गरे । सगरमाथा आरोहणको त्यही अनुभवलाई उनले आख्यानीकरण गरी औपन्यासिक संरचनामा प्रस्तुत गरेका छन् ।... Read more

स्वान्तः सुखाय ‘ज्ञ’- हरि अधिकारी

स्वान्तः सुखाय ‘ज्ञ’- हरि अधिकारी
कवि तथा कथाकार कुमार नगरकोटीको पछिल्लो पुस्तक ‘ज्ञ’लाई साहित्य लेखनमा प्रचलित स्वान्त सुखाय शैलीको श्रेष्ठतम् उदाहरण मान्न सकिन्छ। ‘ज्ञ’ पढ्दै जाँदा पाठकलाई यसका लेखक नगरकोटीले यो कृतिको रचना गर्दा अरू कसैको रुचि अरुचिभन्दा पनि आफ्नै मनको आनन्दलाई सर... Read more

पद्य

रुन्चे रुमाल – जे एन दाहाल

रुन्चे रुमाल - जे एन दाहाल
एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डिरहेछ भित्तामा विचलित भएर एक्लै खै, कुन इतिहासको खण्डदेखि !   आज म त्यसैको अनुहार पढिरहेछु एउटा नमीठो व्यङ्ग्यजस्तै लेखिएको छ अनुहारमा “रुन्चे रुमाल” यी शब्दहरुले दैन... Read more

आत्मा – गोवर्धन पूजा

आत्मा - गोवर्धन पूजा
कहिले काहिँ आफैसँग झगडा गर्नुको मज्जा बेग्लै हुँदोरहेछ एकदिन झगडा गरे मैले पनि कमाउन न सकेको धन सम्पत्तिको लोभ गरेर बनाउन सकेको मित्रहरूको साथ खोजेर छोरा छोरीको असन्तुष्टि माथि व्यंग्य गरेर बाझेँ , मज्जाले बाझेँ । जवानीलाई  ऐना हेरेर गालि गरेँ भाग्यल... Read more

गद्य

स्मृतिका डोबहरूस्मृतिका डोबहरू- जुनु क्षेत्री

स्मृतिका डोबहरूस्मृतिका डोबहरू- जुनु क्षेत्री
‘ए, छिटो गर् ! हजुरबा हिँडिसक्नुभयो ।’ हजुरआमा मलाई हपार्दै आफ्नो झोला बोक्नुहुन्छ । म पनि आफ्नो झोला बोक्छु र छिटोछिटो निस्कन्छु । अगाडि अगाडि हजुरबा, हजुरबाको पछाडि पछाडि हजुरआमा र हजुरआमाको पछाडि पछाडि म कलैयाको पन्नाबागबाट भरतचोक पुग्छौँँ । पुरान... Read more

मौन युद्ध – कृष्ण बजगाईं

मौन युद्ध  - कृष्ण बजगाईं
‘हार्लेडेभिडसन्’ रातो मोटरसाईकल घर अगाडि हिउँको आँगनमा छ । हिउँ परेर सेताम्मे भएको सडक चिसोमा लमतन्न सुतेको छ । घरको छानाले हिउँको टोपी लगाएको छ । बाहिर बगैचामा चिसोले कठ्याङग्रीएका फूलका बोटहरु जाडोले काँप्दैछन् । ती बोटहरुमा प्रशस्त हिउँ फुलेका छन्... Read more

मुक्तक

चार मुक्तक- दलबीर सि‌ंह बराइली ‘घायल’

चार मुक्तक- दलबीर सि‌ंह बराइली ‘घायल’
    १ च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ? जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ? धनी जस्तो चिन्ता पिर छैन मलाई त कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ? २ साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो भाग्यरुपी कल... Read more

हिमाल चन्द्र बराल

हिमाल चन्द्र बराल
धर्तीको खास अर्थ छाडेपछि जमीन थाहा हुन्छ । स्वतन्त्रताको मूल्य परेपछि अधीन थाहा हुन्छ ।। जिब्रो र गिदीको तालमेल नहुँदा हुन्छ भद्रगोल । भूमरीमा परेपछि उम्किन कति कठीन थाहा हुन्छ ।। १ हृदयको भूगोलमा कुनै साँध छैन । पीडामा विश्वाशिलो कुनै काँध छैन ।। पग... Read more

निबन्ध

फूल, रातो र सपना – जनक रसिक

फूल, रातो र सपना – जनक रसिक
“तपाइको लेखनमा तीन शब्द ज्यादै दोहरिएर आउन थाले लेखक ज्यू अलि ‘ट्रयाक चेन्ज’ गर्नुप¥यो । कविता, कथा, विन्ध लगायत सबैजसो रचनाहरूमा यी तीन शब्द कतैन कतै कुनै न कुनै रूपमा समावेश भएकै भेटिन्छन–‘पूmल’, ‘रातो’ र ‘सपना’ । कविताहरूमा झनै धेरै दोहरिएका छन ।... Read more

कविताको आराधना- विष्णु भण्डारी

कविताको आराधना- विष्णु भण्डारी
  कविता लेख्न थालेको तीन दशकको अवधिमा मैले अधिक सामना गरेको प्रश्न हो– कविता किन, कसरी र केका लागि लेख्नुहुन्छ ? अझ यसरी पनि सोधिन्छ– कसरी आकर्षित हुनुभयो लेखनमा ? मलाई लाग्छ, मान्छेका अप्राप्य अभिरुचि, जीवनका घात अभिघात र समाजको प्रतिच्छया हो क... Read more

संस्मरण / नियात्रा

हेटौडामै छुटेको गलबन्दी र मुहुनीको कथा—विष्णु भण्डारी

हेटौडामै छुटेको गलबन्दी र मुहुनीको कथा—विष्णु भण्डारी
झम्लङ्ग साँझ पर्दा हामीले सहिद स्मृति पार्क घुमी सिध्यायौँ र खुवा खायौँ । मकवानपुर गढीबाट फर्किदा चुच्चेबजारबाट ल्याएका थियौँ खुवा । तर समयको हतारोले गर्दा खान भ्याएका थिएनौँ । चारैतिर अन्धकार फैलिए पनि सहिद स्मृति पार्क भने विजुलीको उज्यालोमा जगमगाए... Read more

सपनाको भूमिमा प्रथम पाइला – रामप्रसाद पन्त

सपनाको भूमिमा प्रथम पाइला – रामप्रसाद पन्त
इन्टरनेशनल एयरपोर्ट अफ डल्लासबाट बहिर्गमन हुँदा प्लेकार्ड लिएर उभिएको मानिसमाथि दृष्टि लगाउन मलाई नेपालस्थित अमेरिकी राजदूतावासका कोर्डिनेटर मोहन चापागाईंले ध्यानाकर्षण गरेका थिए । भनेका थिए— ‘नेसा पार्टिसिपेन्स लेखिएको पनि हुन सक्छ र ‘रामप्रसाद पन्त... Read more

अनुवाद / साहित्य

क्रिसमसको उपहार- ओ. हेनरी

क्रिसमसको उपहार- ओ. हेनरी
  एक डलर र सतासी सेन्ट । त्यत्ति थियो । डेलाले यो धन एक-एक सेन्ट गर्दै बचाएकी थिई । चामल-दाल किन्दा, तरकारी किन्दा, मासु किन्दा पसलेहरुसँग मोलतोल गरेर यो पैसा बचाएकी थिई । उसले यो पैसा तीन पल्ट गनी । एक डलर र सतासी सेन्ट । भोलिपल्ट क्रिसमस थियो... Read more

हात हेर्ने कविता – नवारुण भट्टाचार्य

हात हेर्ने कविता - नवारुण भट्टाचार्य
म केवल कविता लेख्ने गर्छु यो कुराको कुनै अर्थ छैन कतिलाई सायद हाँसो उठ्ला तर म हात हेर्न पनि जान्दछु ! मैले हावाको हात हेरेको छु हावाले एक दिन आँधी बनेर सबैभन्दा अग्ला–अग्ला अट्टालिकाहरुलाई ढालिदिनेछ ! मैले मगन्ते बच्चाहरूको हात हेरेको छु आउँदा दिनहर... Read more

बहस / दृष्टिकोण

काव्यिक संबाद / व्यक्तिचित्र

पद्य

अस्तित्व सोच- गोविन्द वर्तमान

अस्तित्व सोच- गोविन्द वर्तमान
मेरा क्रोधहरू सकिएपछि अन्यायमाथिका मेरा प्रतिक्रियाहरू सकिनेछन् अपराधहरूमाथि मेरो आक्रोश पुग्ने छैन त्यसबेला म स्वयं सकिनेछु म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौँ छायाँहरूमध्ये घट्नेछ एउटा छायाँ उज्यालो संसारको एउटा चेत सकिनेछ म असाध्य माया गर्छु म... Read more

आमाको सपना – गोपालप्रसाद रिमाल

आमाको सपना - गोपालप्रसाद रिमाल
आमा, त्यो आउँछ र? “हो, बा, त्यो आउँछ । त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ । त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ ! त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ, तर त्यो हिउँ र आ... Read more

गद्य

बैरीको पोथ्रो – जगदीश घिमिरे

बैरीको पोथ्रो - जगदीश घिमिरे
बैरीको पोथ्राले पिटाइ खान्छ । अचम्म होइन । संसारका आधाले भोक खानु, भाटभटेनीहरू अर्थात् न माथिका न तलका – ले गुन्द्रुक भात खानु र देशसेवाका ठेकेदारहरूले ककटेल खानुजत्तिकै स्वाभाविक भैसकेको छ बैरीको पोथ्राले पिटाइ खानु – उसकी आमा बैदार्नीको हातबाट । गा... Read more

गठेमङ्गल आँखा र सालिक भञ्जन – कृष्णचन्द्रसिंह प्रधान

गठेमङ्गल आँखा र सालिक भञ्जन - कृष्णचन्द्रसिंह प्रधान
    गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमा... Read more

Copyright © 2016, नेपाली साहित्य घर. All rights reserved.